बिहेको तयारीमा रहेकी निशा मृत फेला

अ+
अ
अ-

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका १ साँडिकाकी १९ वर्षीया सवनाम निशा मृत फेला परेकी हुन् । बिहेको तयारीमा रहेको निशा सोमबारदेखि हराएकी थिइन् । बुधबार बिहान उनको शव खेतको कुलोमा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले उनको हत्या भएको हुनसक्ने आंशका गरेका छन् । निशाको घर परिवारले बिहे गर्नेबारे केटापक्षसँग कुरा भइरहेको जनाएको छ ।

मृतकको पोष्टमार्टमका लागि काठमाडौँ टिचिङ्ग अस्पताल पठाएको प्रहरीले जनाएको छ ।घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको जनाएको छ ।