फेवातालमा आयो डरलाग्दो छाल, ५० भन्दा बढी डुंगा डुबे

अ+
अ
अ-

कास्की । पोखरामा रहेको फेवातालमा आइतबार डरलाग्दो छाल आएको छ । समुद्री छालको झल्को दिने गरि आएको छालका कारण ५० भन्दा बढी डुंगा डुबेका थिए । चर्को हावाहुरीले ल्याएको छालमा ५० बढी यात्रुरहित डुंगा डुबेका छन् । बाराहीघाटमा रहेको रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालकले डुबेकाहरुको उद्धार गरे।

तालबाराही दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए । हावाहुरी कम भएपछि डुंगा चालकले आफ्ना डुबेका डुंगा निकालेका छन् ।