यी हुन प्रदेश एकमा लुटपाट गर्ने यी दुई समुह , यस्तो छ ‘नालीबोली’

अ+
अ
अ-

इटहरी । १ नम्बर प्रदेशको बिभिन्न ठाउँमा अपराधिक समुह सक्रिय छन । यी समुहले बैंक, सहकारी र आईएमई लगायतका बितिय संस्थाहरुलाई मात्र ‘टार्गेट’ गरी लुटपाट सँगै हतियार देखाइ वा गोलीनै प्रहरी गरी लुटपाट गर्ने समुह पछिल्लो केहि महिना यता भने हराउँदै छ ।

श्रवण समुह

सुनसरी, मोरङ र झापाका बिभिन्न स्थानहरुमा हतियारको बलमा आतंक मञ्चाउने श्रवण र राजन समुह , श्रवण समुहमा मोरङका श्रवण सरदार, सतन पासवान र इटहरीका करिश्मा चौधरीको समुह ०७२ ।०७३ मा सुनसरी र मोरङ क्षेत्रमा हतियार देखाई लुटपाटमा संलग्न सकृय समुह थियो । ग्रामिण बस्तीमा संञ्चालित आइएमई र सहकारी संस्थाको पैसा लुट्ने यो समुहको मिसननै थियो ।

सहकारी र आईएमईमा संकलन भएको पैसा बैंकमा जम्मा गर्न जाने कर्मचारी होस वा कार्यालयमै पेस्तोल देखाई लुटपाट यो समुहले गदै आएको थियो । १ नम्बर प्रदेश प्रहरीको रेकर्डमा यो समुहको सुनसरीमा र मोरङमा ६ वटा हतियार देखाई लुटपाट गरेको मुद्धा छ ।

मोरङको करसीमा एक सहकारीका कर्मचारीलाई गोली हानी ४ लाख नगद लुटेपछि यो समुहको खोज तलासमा लागेको थियो । यो समुहमा श्रवण सरदार नाईके हुन । उनि लागुऔषध मुद्धामा दुई पटक जेल समेत बसेका थिए । श्रवणको समुहले पूर्वमा लुटपाट अलावा लागुऔषध र हतियार कारोबार समेत गर्दथे । भारतीय सिमाबाट भित्राएका साना हतियार र लागुऔषध कारोबारमा यो समुह मुख्य ‘डिलर’ जस्तै थियो । श्रवण समुह प्राय बाईकमा हिड्ने गर्दथे । उनिहरुले प्रयोग गर्ने एउटै बाईको तिनवटा नक्कली नम्बर समेत साथमा राखेर हिड्थे ।

यो समुहमा ६ जना सदस्य थिए । तिनजना भने अहिले सुनसरीको झुम्कास्थित क्षेत्रिय कारागारमा छन् भने तिनजना अझै प्रहरीको खोजीमा छन् । यो समुहका श्रवण सरदार, सतन पासवान र करिश्मा चौधरीलाई ०७३ माघ १७ गते इटहरीको खनारमा रिट समुहले गोली प्रहार गरी घाइते बनाएर पक्राउ परेको हो ।

राजन समुह

काठमाडौं उपत्यकामा २०६० सालदेखि ०६२ सालको अवधिमा एउटा डाँकाको दवदवा थियो । दुई वर्षको अवधिमा २२ वटा बैंक फाइनान्स, मनि चेन्जर र आईएमई एउटै व्यक्तिबाट लुटिएपछि प्रहरी हैरान भएको थियो । ठिक त्यति नै बेला महानगरीय अपराध महाशाखामा खबर आयो, ‘भक्तपुरको एक मनी चेन्जरका सञ्चालक माधव बनेपालीलाई अज्ञात लुटेराले गोली हानेर भाग्यो ।’

निकै मेहनत गरेर बनेपाली हत्यामा संलग्नको खोजी गर्दै जाँदा खुङ्खार डाँका राजन लिम्बु प्रहरीको पञ्जामा परे । तिनै लिम्बु हुन जो २०७५ मसिंर २१ गते काठमाडौंको रातोपुल र कालोपुलको बीचमा रहेको धोविखोला करिडोरमा उनीमाथी प्रहरीले गोली प्रहार गरेको थियो ।

बनेपाली हत्या प्रकरणमा ८ बर्ष जेल जीवन भुक्तान गरेर निस्केका लिम्बु पुनः लुटपाट धन्दामै सक्रिय थिए । उनले २०७५ मसिंर १२ गते इटहरीको एक्टिभ मनि ट्रान्सफरका सञ्चालकलाई छुरा हानी घाइते बनाएर करिब ३ लाख नगद लुटेका थिए । राजनलाई नियन्त्रणमा लिन खोज्दा उल्टै पेस्तोल निकालेपछि प्रहरीले जवाफी फायरिङ गर्दा उनको दुवै खुट्टाको तिघ्रामा गोली लागेर ढलेपछि उनि पक्राउ परेका हुन । प्रहरीले उनको साथबाट ‘टाईप ५४’ चाइनिज पेस्तोल र गोली बरामद गरेको थियो ।