अ+
अ
अ-
सुन्दरहरैंचा / लायन्स क्लब अफ इन्दपुरको ७ औँ बार्षिक साधारण सभाले सन २०१९ र २०२० का लागी रमेश खड्काकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सुन्दरहरैचाको गोकर्ण रिसोर्टमा सम्पन्न क्लवकाे साधारण सभाले प्रथम उपाध्यक्षमा गोपाल ढकाल, द्वितीय उपाध्यक्षमा रोहितकुमार शाह, तृतिय उपाध्यक्षमा गोबिन्द अधिकारी,सचिवमा नारायण कार्की, काेषाध्यक्षमा बिना सुवेदीलाई चयन गरेको हाे ।
तेसै गरि साधारण सभाकाे डाईरेक्टरमा मित्रजंग थापा,योजना शर्मा ढकाल ,राजवाबु स्वाँर,माया देवान,नवराज चापागाँई,नरेन्द्र बस्नेत युवराज दाहाल तथा जनसम्पर्क अधिकारीमा खगेन्द्र रिजाल , टया्मर सुनिता ढकाल , टेलट्विस्टर प्रमिला दुलाल लगायतलाई चयन गरिएको लायन्स क्लव अफ इन्द्रपुरका अध्यक्ष लायन नगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।



