काठमान्डौ , श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले बिरामी र कुरुवाहरूलाई निःशुल्क साकाहारी भोजन गराएका छन् ।प्रणामी युवा परिषद्ले शनिबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका करिब पाँच सय बिरामी र कुरुवाहरूलाई निःशु ल्क भोजन गराएका हुन् ।हस्पिटलमा भर्ना भएका बिरामी र कुरुवालाई निःशुल्क भोजन गराएको श्री कृष्ण कृष्ण प्रणामी युवा परिषद् मोरङका अध्यक्ष गोपाल प्रसाद ढकालले जानकारी दिए ।धार्मिक संस्था भए पनि सामाजिक कार्यमा पनि हात अगाडी बढाउदै आज विरामीको कुरुवाहरुलाई भोजन गराईएको बताउनुभयो ।
‘आजको कार्यक्रम आठौंैं पटक रहेको र यसका अलवा रत्तदान, अपाङहरुलाई ह्वील चियर तथा मठ मन्दीर सरसफाई गरिदै आएका छौ ।’सामाजिक कार्य अनुरुप युवा परिषद्ले विभिन्न सघ संस्था र व्यक्तिको सहयोगमा भोजन गराउँदै आएको उनले बताए।‘अ हिलेसम्म हामीले विभिन्न स्थानमा पुगेर भोजन गराउँदै आएको छौं,’ अध्यक्ष ढकालले भने, ‘पूण्य कमाउन हामीले यसरी बिरामी र कुरुवा तथा असहायहरूलाई भोजन गराउँदै आएका छौं ।’ पूण्य काममा कसैले सहयोग गर्ने चाहे सहयोग गर्न संस्थाले सार्वजनिक अपिल समेत गरेको छ ।



