अ+
अ
अ-
‘आफ्नै पार्टी सरकारमा हुँदा पनि बुवाको हत्याबारे कुनै चासो दिएन्’
काठमाडौं, २९ बैशाख । सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीया चन्द्र प्रसाद आचार्यको हत्या भएको भन्दै उनका छोराछोरी न्याय माग्दै मिडियामा आएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा छोरा तिलकराज आचार्य र छोरी संगिता आचार्यले पत्रकार सम्मेलन गरेर आफ्नो बुवाको हत्या नै भएको आरोप लगाएका हुन् ।
उनीहरुका अनुसार मिति २०७५ साल फाल्गुन १८ गते शनिबारका दिन रातको १०ः०३ मा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिका वडा नं. ६ (विरेन्द्रनगर मुख्य बजार) बुद्धपथमा रहस्यमय तरिकाले एकदमै निर्मम्ता पूर्वक हत्या गरि शव बाटोमा फालिएको अवस्थामा नेपाल प्रहरीका इन्स्पेक्टर डिल्लीराज सापकोटाको कमाण्डमा हिंडेको मोवाइल टोलीले फेला पारेको बताईएको थियो ।



