एजेन्सी । दक्षिण कोरियामा सबै मजदुरलाई स्थायी गर्न कोरियन मजदुर महासंघ (केसीटीयू)ले माग गर्दै दबाब ¥याली निकालेको छ । उसले शनिबार हेवाबाट राष्ट्रपति भवनसम्म दबाब ¥यालि गरेका निकालेको थियो । त्यहाँका राष्ट्रपतिले चुनावका बेला आफुले चुनाव जिते मजदुरको तलव प्रतिघण्टा दश हजार वान र्पुयाउने घोषणा गरेका थिए। तर, अहिले राष्ट्रपति राष्ट्रपतिले माफी माग्दै तत्कालै कार्यन्वयन गर्न संभव नरहेको बताइसकेका छन्।
राष्ट्रपतिको उक्त घोषणा कार्यान्वयन गर्न श्रमिक संगठनले माग गरेका हुन् । कोरियामा एक करोड १० लाख मजदुर अस्थायी रहेका छन् । उनीहरु सबैलाई स्थायी गर्न मजदुर संगठनको माग छ। अस्थायी श्रमिकलाई स्थायी गर्नु पर्ने, आइएलओको कन्भेन्सन संसदबाट पारित गर्नु पर्ने, न्युनतम ज्याला १० हजार कोरियन वान प्रतिघण्टा हुनु पर्ने लगायतका माग मजदुर संगठनले संसदमा पुर्याएका छन्।
सबै श्रमिकलाई समान व्यवहार गर्न पनि मजदुर संगठनको माग छ। मजदुर संगठनले ईपीएस प्रणालि खारेज गर्दै डब्लुपीएस प्रणालि लागु गर्न माग गर्दै आएको छ।
ईपीएस प्रणालि श्रमिकभन्दा मालिकको पक्षमा रहेको संगठनको दाबी छ। कोरियाले सन् २००७ देखि कृषि र औधोगिक क्षेत्रमा ईपीएस प्रणालिबाट नेपाली श्रमिक लैजान थालेको छ।



