याक एण्ड यति होटलमा प्रहरीले मार्‍यो छापा, १२ जना भारतीय नागरिक पक्राउ

अ+
अ
अ-

काठमाडौँ । काठमाडौँको दरबारमार्गमा रहेको होटल याक एण्ड यतीमा प्रहरीले छापा मारेको छ । सो क्रममा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको बताइएको छ । नेपालमा अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालमा भारतीय नागरिकहरु अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ पर्ने गरेका छन् । पक्राउ परेकाहरु बढिजसो लागू औषध कारोबार, चोरी डकैतीलगायतका अपराधिक क्रियाकलापमा संलग्न भएको पाइएको प्रहरीले बताउने गरेको छ ।