अ+
अ
अ-
मोरङ । मोरङको कटहरी गउँपालिका २ राजवंशी टोलका रुपेश कामतले आफैलाई गोली प्रहार गरि प्रहरीलाई खबर गरेका छन् । २६ वर्षीय कामतले शुक्रबार राति घरमा एक्लै रहेका ८ बजे पेटको माथिल्लो भागमा गोली प्रहार गरे पश्चात प्रहरीलाई फाेन गरेका थिए ।
घटना स्थलमा प्रहरी पुग्नसाथ कामतको उद्दार गरि कोशी अञ्चल अस्पताल पठाएकोमा कोशीमा उपचार हुन नसकेपछि उनलाइ नोबेल मेडिकल कलेज लगिएको छ । हाल उनकाे अवस्था चिन्ताजनक रहेकाे अस्पताल श्राेतले जानकारी दिएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।



