समाचार

राजस्व वृद्धि सम्बन्धमा विविध खाले छलफल

काठमाडौ ।राजस्व वृद्धि सम्बन्धित विविध विषयहरुमा गम्भीर रूपमा छलफल गरी त्यसका उपायहरुको बारेमा समेत सुझाव संकलन गरिएको छ।
महालेखा परिक्षक माननीय तोयम रायाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमहालेखा परिक्षक बामदेब अधिकारीले बेरुजु बढनुका मुख्य कारण र घटाउन असुल उपर गर्ने तरीका बारे सहभागीलाई प्रशिक्षण समेत दिनुभएको कार्यक्रममा राजस्व चुहावट र जोखिमका क्षेत्र, वस्तु, नाफा र समूह पहिचान, सूचना सङ्कलन, विश्लेषण तथा सोको कार्यान्वयनका लागि एक आपसमा सम्वन्वय आवश्यक भएको औंल्याईएको छ ।
कार्यक्रममा बजारमा उत्पादन, पैठारी तथा खरिद गर्दा विल माग्ने विल दिने र लिने परिपाटी विकास गर्नुपर्नेमा जोड दिईएको छ । राजनीति प्रशासन निजि क्षेत्र र न्याय क्षेत्र सच्चिनु जरुरी भएको भन्दै सुशासन कायम गर्न एक हुनुको विकल्प नभएको सुझाएको छ।
कार्यक्रममा आफ्ना धारणा राख्दै महालेखा परिक्षकको कार्यालयका महालेखापरिक्षक तोयम रायाले सुशासन र राजस्व वृध्दिमा ठूला कुरा नगरी साना सानाविषयहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभएको छ।
रायाले कार्यालयले सरकारको कार्यक्षेत्र एवं खर्चमा स्पष्टता ल्याउनुपर्नेमा जोड दिंदै तीनै तहका सरकारले आफ्नो कार्यक्षेत्रको राजस्व परिचालन गर्न क्षेत्र र दायरा सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
उहाले डिजिटल र विद्युतिय भुक्तानीलाई प्राथमिकता दिई अनौपचारिक अर्थतन्त्रलाई निरुत्साहित गर्न र बैकिङ कारोवारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
समयमा राजस्व नतिर्ने करदातालाई छुट र सुविधा दिन नहुने भन्दै उहाँले जिम्मेवार निकाय र व्यक्तिहरुले कर र वेरुजुलाई समयमा फस्यौट गर्नुपर्ने सुझाव दिए ।
सार्वजनिक पदमा रहेका पदाधिकारी र कर्मचारीको सेवा सुविधालाई पारदर्शी बनाउनु अवको आवश्यकता रहेको उहाँको थप जोड थियो ।
कार्यक्रममा राष्टिय योजना आयोगका माननीय सदस्य डा.प्रकाशकुमार श्रेष्ठले समग्र आर्थिक क्षेत्र बारे कुरा राख्दै योजना तर्जुमा र कार्यान्वयन बारे धारणा राख्दै बेरुजु कम गर्ने उपायहरुको खोजि गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाल सरकारका सचिव उपमहालेखा परिक्षाक वामदेव शर्मा अधिकारीले करको पात टिप्ने हो जरा उखेल्ने नभएको भन्दै अझै पनि करदाता शिक्षा जरुरी भएको बताउनुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णहरि शर्मा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्याधिवक्ता शम्भु कार्की,राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठ,अर्थ मन्त्रालयका सहसचिव महेश बराल,अन्तरिक राजस्व बिभागका महानिर्देशक मदन दाहाल अर्थ मन्त्रालयका सह सचिव पार्वती शर्मा काफ्ले,नेपाल राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव गोपाल घिमिरे भन्सार जाचपास का प्रमुख चिरञ्जीवी तिमल्सिना नेपाल समाचारपत्रका सम्पादक सागर पण्डित,प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल लगायतले राजस्व वृद्धि र देखिएका चुनौती मा आआफ्नो भुमिकाका बिषयमा धारणा राखेका थिए । कार्यक्रममा राजस्व क्षेत्र सग सम्बन्धित सहसचिव र कार्यालय प्रमुखका साथ वरिष्ठ संचारकर्मिहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम तराई विकास संचार केन्द्र नेपाल ले आयोजना गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *