समाचार

काठमाडौंको जमिन भित्र ५० हजार परिवारलाई पुग्ने ग्यास रहेको अनुमान, अन्वेषण गर्ने तयारी

काठमाडौं : खानी तथा भूभर्ग विभागले २६ वर्ष पछि पुनः काठमाडौंमा प्राकृतिक ग्यास अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्यास अन्वेषण गर्ने तयारी गरेको हो । अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन्।

एकअध्ययन अनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्यास छ। विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार अन्वेषणका लागि टेन्डर प्रक्रियामा जाने अन्तिम तयारी भइरहेको छ। अन्वेषण का क्रममा जमिनको सतहमुनि रहेको पानीमा ग्याँसको अनुपात कति छ भन्ने पत्ता लगाइनेछ ।

विभागले यसअघि पनि मिथेन ग्याँस अन्वेषण गरिसकेको छ । अहिले अन्वेषण गर्न लागेको पुरानै क्षेत्र भित्र भए पनि स्थान भने फरक हुनेछ । यस अघि विभागले काठमाडौं उपत्यकाको १४ ठाउँमा अध्ययन गरि सकेको छ । अब गर्न लागेको अन्वेषण १५औं हो । विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख श्रेष्ठले चालू आर्थिक वर्ष २०७६÷७७ भित्र अन्वेषण कार्यक्रम सकाउने लक्ष्यका साथ कामको तयारी भइरहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *