गोर्खाली सेनालाई विभेद गरिएकाे भन्दै धरानमा वैचारिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिने

अ+
अ
अ-

धरान / नेपाल, भारत र वृटिश सरकारले गरेको त्रिपक्षीय असमान सन्धीले गोर्खाली सेनाहरु विभेदमा परेको भन्दै व्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले खारेजीको माग गरेका छन ।
व्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले धरान १० सैनिक भवनमा आयोजना गर्न लागेको वैचारिक सांस्कृतिक कार्यक्रमको आयोजनाबारे जानकारी दिने क्रममा भूतपूर्व ब्रिटिश गोर्खाले यस्तो बताएका हुन् ।

सन् १९४७ मा तत्कालीन राणा प्रधानमन्त्री पदम शमशेर जवराका समयमा नेपाल , भारत र वृटिश सरकारल गोर्खाली सेनाका विषयमा गरिएका सम्झौता विभेदपूर्ण भएको र यसका विरुद्धमा सर्वोच्चमा समेत मुद्दा चलिरहेको भन्दै विभेदपूर्ण स्म्झौताको निरन्तर खबरदारी र आन्दोलन गर्दै आएको व्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (ब्रिगेसो) का अध्यक्ष पदम सुन्दर लिम्बुले बताउनुभयो । उहाले धरानमा हुन लागेको वैचारिक सांस्कृति कार्यक्रम पनि आन्दोलनको एउटा स्वरुप भएको बताउनुभयो ।

यस्तै ब्रिगेसोका सल्लाहकार नगेन्द्र राईले विगतदेखि नै गोर्खाली सेना भर्तिमा दुवै देशको स्वाथ लुकेको बताउनुभयो । उहाले नेपाल, भारत र वृटिश सरकारले गोर्खा सेनामा गरिएको सम्झौता तीनदेशको स्वार्थमा निहीत रहेको आरोप लगाउनु भयो ।

उनीहरुले सन्धीमा गोर्खाली सेनालाई प्रयोग गरेर सबैले फाइदा लिए पनि उनीहरुका लागि सम्झौमा केही नसचेको बताएका छन । उनीहरुले सिगारपुरको उदाहरण दिदै सिंगापुरकै नागरिक आर्मी भए २४ सय पाउने र गार्खाली भर्ना भएरगए ४ सय रुपैया मात्र पाउने विद्यामान असमान भएको बताउदै यस्त विभेद व्रिटिशमा समेत रहेको बताएका छन । गोर्खा सैनिकलाई सेवा सुविधामात्र हैन, परिवारको शिक्षा, स्वास्थ्यमा समेत विभेद रहेको बताएका थिए ।

आन्दोलनको स्वरुप रहेको यो कार्यक्रमको उदघाटन नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का अध्यक्ष मोहन वैध (किरण) ले गर्नुुहुने भएको छ । कार्यक्रममा परराष्ट्रविद् डा. ओम गुरुङ्ग, हिरालाल श्रेष्ठ तथा परी थापाको उपस्थितिमा विभेदका विषयमा वैचारिक छलफल हुनुका साथै कलाकार मनु नेम्बाङ्ग, शम्भु राई, देशु गुरुङ्ग, यासेली योङहाङ, लक्ष्मी योङहाङ, दिलिप फोरुम्बो र नमा शेर्पाको सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।