२० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता

अ+
अ
अ-

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट २० दिनमा ३ सय २१ जानले बंशजको आधारमा नागरिकता पाएका छन् । जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको आदेशमा जिल्ला प्रशासन कार्यलयले ३ सय २१ जनालाई बंशजको नागरिकता प्रदान गरेको हो ।

नागरिकता प्राप्त गर्नेहरुमा २ सय २९ पुरूष र ९२ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सर्वोच्चको आदेश पछि चैत्र २६ देखि ३ बैशाख सम्म नागरिकता बितरण कार्य रोकिएको थियो भने पुनः बैशाख २४ देखी गृह मन्त्रालयले अल्पकालिन जन्मका आधारमा दिईदै गरेको बंशज नागरिकता दिनमा रोक लगाएको छ ।

नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालय राजबिराजवाट २ सय २०, ईलाका प्रशासन कार्यालय कंचनपुरबाट ९८ र ईलाका प्रशासन कार्यालय बोदेबरसाईनबाट ३ जनाले वंशज नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।

यता जन्मका आधारमा वंशज नागरिकता लिनका लागि धेरै निवेदन आउने गरेको बताउदै प्रशासकिय अधिकृत ठाकुरले प्रमाणका आधारमा तथा छानबिन गरेर मात्र नागरिकता बितरण गरिरहेको जानकारी दिए । बैशाख ३ मा सर्वोच्च कै आदेशवाट नागरिकता बितरण खुल्ला भएपछि ४ बैशाखवाट नागरिकता बितरण कार्य सुरू भएको २० दिन पछि पुनः सो कार्य रोकिएको छ । दैनिक सरदर १६ देखि २० जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ । यता नागरिकता लिनेको ठुलो भिड लाग्ने भएपछि यसलाई व्यवस्थापन गर्नका लागि प्रशासन कार्यालयले टोकन प्रक्रिया लागू गरेको छ ।