विद्युत चोरीमा संलग्न एक दर्जन पक्राउ

अ+
अ
अ-

राजविराज / राजविराज ।विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत सप्तरीको विभिन्न स्थानबाट नेपाल विद्युत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत चोरीमा संलग्न भएको आरोपमा १२ जनालाई नियन्त्रणमा लिएको छ । प्राधिकरणको राजविराज वितरण केन्द्र र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहिवार हुकिङ्ग गरी विद्युत चोरी गरिहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको हो ।
यसरी पक्राउ परेकाहरुले विद्युत चोरी गरी प्रयोग गर्दै गरेको ७ वटा पानी तान्ने मोटर पम्प, २ थान एलइडी टिभी र ६ थान अन्य विद्युतिय उपपरकण र तारहरु पनि नियन्त्रणमा लिइएको राजविराज वितरण केन्द्र प्रमुख चन्द्र नारायण साहले जानकारी दिनु भयो । पक्राउ परेकाहरु उपर कारवाही प्रक्रिया अघि बढाउनुका साथै विद्यतु ऐन अनुसार प्रति व्यक्ति १५ हजार ५ सय २ रुपैया जरिवाना असुल उपर गरिएको वितरण केन्द्रले जनाएको छ ।