महिलालाई ठक्कर दिएर मोटरसाइकल चालक पक्राउ

अ+
अ
अ-

मोरङ / मोरङको पथरीशनिश्चरे नगरपािलका–१० मा महिलालाई ठक्कर दिएर फरार रहेको मोटरसाइकल र चालकलाई प्रहरीले विराटनगर महानगरपालिका–११ बाट पक्राउ गरेको छ ।
वैशाख १७ गते पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ६३ वर्षीय पूर्णमाया विश्वकर्माको मृत्यु भएको थियो । दुर्घटनापछि फरार रहेका चालक विराटनगर–११ का २७ वर्षीय योगेश थापा र उनले चलाएको को ३४ प ९२१५ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिइएको मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार दुर्घटना लगत्तै मोटरसाइकलसहित चालक फरार बनेका थिए । दुर्घटना गराउने मोटरसाइकलको पनि पहिचान हुन सकेको थिएन । दुर्घटनापछि बेलबारीबाट दक्षिण हुँदै मोटरसाइकल विराटनगर आएको खुलेको छ । चालक थापा विरुद्ध सवारी ज्यान मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।