चोटग्रस्त भएपछि सलाह र फेरमिन्होले गुमाउने भए बार्सिलोनाविरुद्धको खेल

+
-

काठमाडौं । लिभरपुलका दुई मुख्य खेलाडी मोहम्मद सलाह र रोबेर्टो फेरमिन्होले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाविरुद्धको सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन्। गएको शनिबार न्यूक्यासलविरुद्धको खेलमा सलाह चोटग्रस्त भएपछि उनीबीचमै मैदान छोडेका थिए र उनको स्थानमा अर्का खेलाडी रिप्लेस भएका थिए। लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोप सलाह च्याम्पियन्स लिग खेल्न नसक्दा फेरमिन्होले पनि चोटका कारण खेल्न नसक्ने बताएका छन्।

दुई मुख्य खेलाडी नहुँदा लिभरपुललाई ठूलो झट्का लागेको छ। सेमिफाइनलको पहिलो लेगमा लिभरपुल बार्सिलोनासँग ३(० ले पराजित भएको थियो।