अ+
अ
अ-
काठमाडौँ । जागिर खोज्न काठमाडौँ आएका सुनसरी इनरुवा नगरपालिकाका २२ वर्षीय युवक लोक बहादुर महत भक्तपुरको गोठाटारमा मृत फेला परेका छन् । गोठाटारमा एक सातादेखि साथीसँग बसिरहेका महतको शव नजिकैको ग्यारेजको डण्डीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए पनि थप अनुसन्धानपछि मात्रै सत्य खुल्ने जनाएको छ । मृत फेला परेका महतले राति अबेरसम्म फोनमा कुरा गरिरहेको उनका साथी प्रज्वल मेहताले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।


