काठमान्डौ , राजधानी काठमाडौंको व्यस्थ क्षेत्र कोटेश्वरमा सोमबार अबेर फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।सेनाले करिब २ घण्टा लगाएर बम डिस्पोज गरेको हो ।सेनाले रोबोटसको सहायतामा बम डिस्पोज गरेको जनाएको छ । नेपाली सेनाले बम डिस्पोजका लागि रोबोटको सहायता लिँदै आएको छ ।सोमबार अपराह्न कोटेश्वरमा बम रहेको हल्ला भएपछि वातावरण त्रसित बनेको थियो । सो क्रममा नयाँ बानेश्वर–कोटेश्वर–भक्तपुर चल्ने सवारी साधनलाई तीन कुनेबाटै मोडिएको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेसँगै चेकजाँचको क्रममा उक्त झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस ( टाइम आईडी) सानो घरेलु बम रहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा भेटिएको शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको थियो । शंकास्पद वस्तु स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेसँगै घटनास्थलमा नेपाली सेनाको टोली पुगेको थियो । सो बम कस्ले किन राख्यो भन्ने विषयमा भने प्रहरी अनुसन्धान भइरहेको बताएको छ ।


