राजधानीकै व्यस्त मानिने कोटेश्वरमा शंकास्पद वस्तु भेटिएपछि तनाव, नेपाली सेनाको बम डिस्पोजल टोली जाँदै

अ+
अ
अ-

काठमाडौँ – कोटेश्वरमा शंकास्पद वस्तु भेटिएपछि तनाव सृजना भएको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाने सडक पेटीमा शंकास्पद झोला भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली अहिले शंकास्पद बस्तु राखिएको स्थानतर्फ गइरहेको बताइउकोछ ।

ब्यस्त सडक कोटेश्वरमा उक्त शंकास्पद बस्तु फेला परेसँगै अहिले उक्त क्षेत्र नै तनावग्रस्त बनेको स्थानीयहरुले जानकारी दिएका छन् । शंकास्पद बस्तु देखेसँगै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले तत्कालै सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । कोटेश्वर प्रहरीका अनुसार कोटेश्वरबाट जडिबुटीतर्फ जाने सडक पेटीमा शंकास्पद झोला भेटिएको हो ।