राजधानीको कोटेश्वरका सर्वसाधारणलाई केही बेर त्रििसत बनाएको शंकास्पद वस्तु बम नभएको पुष्टी

अ+
अ
अ-

काठमाडौं । राजधानीको कोटेश्वरमा फेला परेको शंकास्पद वस्तु बम्ब नभएको पसुष्टी भएको छ । कोटेश्वर चोकबाट तीनकुनेतर्फ मिनी ट्रकहरु पार्किङ गरेको ठाउँमा भेटिएको झोलामा विस्फोटक पदार्थ नभएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

बानेश्वरका डीएसपी गोविन्द काफ्लेका अनुसार साँझको समयमा सडक नजिकै शंकास्पद वस्तु भेटिँदा कोटेश्वर क्षेत्रको यातायात असहज भए पनि तत्कालै उक्त स्थानमा पुगेको सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद बस्तु बम्ब नभएको पुष्टी गरेको हो । ब्यस्त सडक कोटेश्वरमा उक्त शंकास्पद बस्तु फेला परेसँगै उक्त क्षेत्र केहीबेर बन्द हुँदा सर्वसाधारण त्रसित बनेका थिए ।