प्रदेश १ को स्थायी राजधानी विराटनगर, पक्षमा ८६ मत, विपक्षमा ०

अ+
अ
अ-

विराटनगर । प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर घोषणा गरिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले विराटनगरलाई प्रदेश सभा बैठकमा नेकपाको प्रस्ताव लार्इ प्रदेश १ का ९२ जना प्रदेशसभा सदस्यहरु हरू मध्ये ८६ जनाको उपस्थितिमा स्थायी राजधानी विराटनगरलाई राख्ने प्रस्ताव पारित गरेकाे हाे । स्थायी राजधानीका लागि विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन गरेकाे थियाे ।

विराटनगरलाई स्थायी राजधानी तोकिए पनि विराट क्षेत्रको अवधारणा अनुसार संसद र कार्यपालिकाका कतिपय संरचना इटहरी र गोठगाउँसमेतलाई समेटेर बनाइने प्रस्ताव नेकपाले संसदमा लगेको थियो । मतदानका क्रममा दुई तिहाई बहुमतले राजधानी बनाउने प्रस्ताव पारित भएको हो । प्रस्तावको पक्षमा ८६ मत खसको थियो भने विपक्षमा मत खसेन् । प्रदेशको स्थायी राजधानी पारित भएता पनि प्रदेशको नाम तय नगरी सोमबारदेखि प्रदेश अधिवेशन अन्त्य भएको छ ।