अ+
अ
अ-
काठमाण्डौ – शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा शल्यक्रिया गर्दा फरक समूहको रगत चढाइएको भनिएकी पाँच वर्षीया बालिकाको ज्यान गएको छ ।ज्यान जानेमा ५ वर्षकी आकृतिकुमारी साह रहेकी छन् ।

मुटुको शल्यक्रिया गर्ने क्रममा अर्कै समूहको रगत चढाइएको दाबी गरिएकी सर्लाहीकी ५ वर्षकी आकृतिकुमारी साहको ज्यान गएपछि उपचारमा लापर्वाही गर्ने डाक्टरलाई कारबाही गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका छन् ।अस्पतालले भने घटनाको छानबिन भइरहेको बताएको छ ।
ओ पोजेटिभ समूहको रगत आवश्यक पर्ने आकृतिको शल्यक्रिया गर्ने क्रममा चिकित्सकले ए पोजेटिभ रगत चढाएको परिवारले दाबी गरेको छ । परिवारले चिकित्सकीय लापरबाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएको छ ।


