३० तोला सुनसहित नेपाल एयरलाइन्सकै कर्मचारी पक्राउ

अ+
अ
अ-

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीको घटना रोकिएको छैन । विमानस्थलबाट ३८ क्विन्टल सुन तस्करी भएको तथा पछिल्लोपटकको ठूलो परिमाणमा विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुनको हालसम्म अत्तोपत्तो छैन । तर, विमानस्थलबाट सुनसहित पक्राउ पर्ने क्रम रोकिएको छैन । फेरि एकजना सुनसहित पक्राउ परेका छन् । अहिले पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी नै रहेको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंकाअनुसार नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव ३० तोला सुनसहित पक्राउ परेका हुन् । तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरी टोलीले यादवलाई पक्राउ गरेको बताइएको छ ।