अ+
अ
अ-
काठमाडौं । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘वीर विक्रम २’ ले आफ्नो प्रचार–प्रचारलाई तिव्रता दिएको छ । प्रचार प्रसारका लागि फिल्मका युनिट कलाकारसहित मोफसल टुरमा निस्किएको छ । यसैक्रममा पोखरामा गर्न लागेको कार्यक्रममा स्थानीयले विरोध गरेका छन् । बीचसडकका आवागमन अवरोध गरेर कार्यक्रम गर्न खोजेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

मोफसल टूरमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङसँगै बाल कलाकार मनिष लिम्बु र गायक दिपक लिम्बुलगायत फिल्मका युनिटले विभिन्न ठाउँमा कार्यक्रम गरेको छ । ‘वीर विक्रम २’ जेठ ३ मा रिलिज हुँदैछ ।
मिलन चाम्सले निर्देशन गरेको सो फिल्मका निर्माता अर्पण सापकोटा हुन् । सो फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ ।


