अ+
अ
अ-

काठमाडौं । गाजा पट्टीमा हिंसा भड्किएको छ । गाजा पट्टीमा रहेका बिद्रोहीले इजरायल तर्फ २०० भन्दा बढि रकेट प्रहार गरेको सेनाले जनाएको छ । जवाफमा इजरायली सेनाले प्यालेस्टाइन तर्फ हवाई आक्रमण गरेको छ । यस्तै ट्यांक पनि प्रहार गरेको छ । इजरायलको जवाफी कारवाहीमा चारजना प्यालेस्टाइनी मारिएका छन् ।

ज्यान गुमाउनेमा आमा र उनकी काखे छोरी समेत रहेका छन् । रेकटबाट तीन इजरायली घाइते भएका छन् । ज्यान गुमाउनेमा दुईजना हमासका लडाकु रहको दाबी गरिएको छ ।



