राष्ट्रपतिले ‘मेरो सरकार’ मात्रै होईन ‘ओली सरकार’ भन्नुपर्दथ्यो : कँडेल

अ+
अ
अ-

‘प्रतिपक्षमा बस्दैमा सरकारको विरोध नगरौं, राम्रा कामको समर्थन गरौं’
काठमाडौं, २२ बैशाख । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले सरकारको नीति तथा कार्यक्रम सम्बोधनको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु जायज भएको स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् । आफू विगत लामो समयदेखि राजनीतिक विश्लेषणको काममा पनि सक्रिय रहेको सुनाउँदै कँडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै परिवेशमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रमको वाचनको क्रममा गरेको सम्बोधन सर्वथा उचित रहेकोले अनावश्यक विरोध र आपत्ति जनाउन नहुने जिकिर गरे ।