तेस्रो शान्तिनगर सामुदायिक कप : उद्घाटन खेलमा इटहरी बिजयी

अ+
अ
अ-

इटहरी / इटहरी वडा न. 2 अवस्थित शान्तिनगर फुटबल क्लब को आयोजनामा आज शनिबारदेखि “शान्तिनगर सामुदायिक कप २०७६”को तेस्रो संस्करण सुरु भएको छ । क्लबको सन्स्थापक कोषध्यक्ष स्व.अशेष राईको दोस्रो स्मृति वर्षको रुपमा आयोजित प्रतियोगितामा प्रदेश न.१ का आठ टिमहरुको सहभागिता रहेको छ । तालतलैया अवस्थित बुढा सुब्बा खेल मैदानमा संचालन भएकाे उक्त प्रतियोगिताको उदघाटन इटहरी उप-महानगरपालिका वडा न. २ का वडाअध्यक्ष हर्क मगरले गरेका थिए ।

आज सम्पन्न भएकाे खदम युवा क्लब र मोरंग एवं सन्युक्त पानधारे युवा क्लब,इटहरी बिचको उद्घाटन खेलमा सन्युक्त पानधारे युवा क्लब, इटहरी १ – ० ले विजयी भएको छ । अत्यन्त प्रतिस्प्रधातमक खेलमा एक मात्र गोल पहिलो हाफको आठ मिनटमा खेलको म्यान अफ द म्याच दिपेन तामाङ्गले गरेका थिए । प्रतियोगिता अन्तर्गत भोलिको खेल आयोजक शान्तिनगर फुटबल क्लब “रातो” तथा डियर क्लव तरहरा बीच हुनेछ ।