प्रचण्डको घोषणा : म फेरि जंगल जान तयार छु

अ+
अ
अ-

काठमाडौं, २२ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’ले सबै त्यागेर फेरि जंगल जान पनि आफू तयार रहेको बताएका छन्। आइतबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्ल माक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जनताले साथ दिए फेरि जंगल जान तयार रहेको बताएका हुन्। प्रचण्डले भने ‘आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाइँ हामी एक्लै छौं जस्तो भएको छ।’ उनले प्रश्न गरे हामी कता गइरहेका छौं?, हिजो लाखौंको बीचबाट काठमाडौं आउँदा जंगल आएजस्तो भएको छ, तर हिजोका दिनमा जंगलमा बस्दा त्यस्तो भएको थिएन्।’