पूर्व सांसद गायत्री साह पक्राउ

अ+
अ
अ-

काठमाडौं : पूर्व सांसद गायत्री साह र उनका श्रीमान् राजेश महतोलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरका अनुसार उनीहरु दुवैलाई नख्खु स्थित मेडिसिटी अस्पतालसँगको विवादमा प्रहरीले पक्राउ गरेको हो। चिकित्सकको लापरवाहीका कारण ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मिएको भन्दै उनीहरुले शिशु अस्पतालमै छोडेकी थिइन् थिए।

मेडीसीटीसँगको विवादमा शिशु छोडेको अभियोगमा अदालतबाट अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मेडिसिटी उपेन्द्र महतोको लगानी भएको अस्पताल हो। अस्पतालका अति सामान्य कार्यक्रममा पनि प्रधान मन्त्री केपी शर्मा ओली सह भागी हुने गर्छन्।

किन पक्राउ परे साह दम्पति ? २०७५ फागुन २८ गते पूर्व सांसद साहले मेडिसिटी अस्पतालमा डाउन सिन्ड्रोम भएको छोरा जन्माइन् । चिकित्सकको लापरवाहीका कारण यस्तो भएकाले अस्पताल जिम्मेवार हुनुपर्ने भन्दै बच्चा एनआइसियु मै रहेको अवस्थामा उनी चैतको दोस्रो साता बच्चा छोडेर हिँडेकी थिइन् । बच्चाको जिम्मा अस्पतालले लिनु पर्ने उनको अडान थियो। तीन र पाँच महिनामा बच्चाको शारीरिक परीक्षण गर्दा केही देखिएको थिएन । ती परीक्षणहरु मेडिसिटी मै गरिएको उनको दाबी छ।

त्यतिबेला डाक्टरले सत्यतथ्य लुकाइ झुटो विवरण सुनाएको उनको भनाइ छ।यस्तो बच्चा जन्माउन हुँदैन भन्ने राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुन रहेको र चिकित्सकका कारण घटना हुनु पुगेको जिकिर गर्दै यसको सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने साहको दाबी छ। अस्प तालले भने लापरवाही नगरेकाले बच्चा साहले नै जिम्मा लिनुपर्ने बताउँदै आएको थियो। पछिल्लो समय उनी अस्पतालमाथि कारवाही हुनुपर्ने दाबी गर्दै आइरहेकी थिइन्। यही विवादमा प्रहरीले शुक्रबार उनी र उनका पतिलाइ पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्