काठमाडौँ– नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्ड निकटस्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीता बीच विवाह भएको ५० वर्ष पुग्दैछ। प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह हुन लागेको हो । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको छ ।

प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ। यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । एकमात्रै छोरा स्वर्गिय प्रकाश दाहालको मृत्युपछि सीता दाहाल पुरा शोकमा डुवेकी छिन् । उनको जिवनदेखि हासो, खुशी र सुखनै टाढिएको छ ।
सीताको यस्तो अवस्थाका कारण अहिले पुरा परिवारनै खुशीमा छैन । पत्नी सीताको खुशीको लागि, उनलाई अलिकतीभएपनि खुशी दिनको लागि यस्तो गर्न थालेको प्रचण्डको भनाई छ । पत्नीलाई खुशी दिनको लागि उनले बिहे गर्न सबै कुराहरु गर्न तयार छन् । प्रचण्ड पत्नी सीता यतिबेला बिरामीपनि छिन् । मान्छेलाईपनि राम्रोसंग चिन्न मुस्किल पर्छ उनलाई । १ छोरी र छोरा गुमाएर शोकमा डुबेकी सीताको औषधी उपचारको लागि प्रचण्ड पार्टी एकताको काम थाती राखेर असार अन्तिमसाता सिङ्गापुरमा दुई हप्ता बिताए।
२ छोरी र सपरिवारको सबै जिम्मेवारी आफ्नो काँधमा रहेका कारण प्रचण्ड मनमा जति पिडा भएपनि बाहिर देखाउदैनन् यस्को मतलब उनको मनमा पिडा छैन भने हुदै होईन। तर परिवार र पत्नीलाई सम्हाल्न र देखाउनैको लागिभएपनि उनि बाहिरी हास्न र खुशी भएजस्तै देखिनु पर्छ । यतिबेला प्रचण्ड २०७६ को बैशाख २६ लाई कुरेर बसेका छन् । भेट हुने र आफन्त जतिलाई निम्तोपनि दिन सुरु गरिसकेका छन् । रातोपाटिमा खबर छ ।


