समाचार
चर्चित गायिका विष्णु माझीको आयो सबैलाई रुवाउने हृदयस्पर्शी गीत ‘मेरो बाबु’
काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रको चर्चित नाम हो, विष्णु माझी । उनका अधिकांश गीत हिट भएका छन् । उनका गीतहरुलाई दर्शक र स्रोताले मन पराउँदै आएका छन् । उनका गीतहरुले दर्शक र स्रोताको हृदयलाई छुन्छ । अहिले फेरि त्यस्तै सबैलाई भावुक बनाउने गीत लिएर आएकी छन्, उनै गायिका विष्णु माझी । गायिका विष्णुले ‘मेरो बाबु’ बोल रहेको निकै मार्मिक र हृदयस्पर्शी गीत ल्याएकी हुन् ।
उनलाई स्वरमा साथ दिएका छन्, राम शिशिर सुनार । गायक राम शिशिरकै शब्द सृजना र संगीत रहेको सो गीतको भिडियोलाई भने काजिश श्रेष्ठले निर्देशन गरेका छन् । जसमा सगुन शाही, राम शिशिर सुनार, वसन्त शिशिरको मार्मिक र दमदार अभिनय रहेको छ ।


