समाचार
गल्ती उपेन्द्र यादवको हो की पत्रकार पाण्डेको ? सबै रहस्य खुल्यो
काठमाण्डौबाट सञ्चालन भईरहेको टेलिभिजन एभिन्युज खबरमा समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले दिएको अन्तरवार्ता अहिले निकै चर्चामा रहेको छ । कार्यक्रम सञ्चालन भईरहेकै बेलामा उपप्रधानमन्त्री यादव बिचमै उठेपछि यसले समाजिक सञ्जालमा निकै चर्चा बटुलेको हो ।
कार्यक्रम ‘सकस राजनिति’ का प्रस्तोता सोधेको प्रश्न र उपप्रधानमन्त्री यादवले दिएको जवाफ सुन्दा र हेर्दा निकै रोचक देखिन्छ । कार्यक्रम हेर्दा उपप्रधानमन्त्री यादव सुरुबाट प्रस्तोतामाथी हाबी भएको देखिन्छ । त्यसको फलस्वरुप उनि आधा घण्टाको कार्यक्रममा १९ मिनेट नपुग्दै उठेर हिडेका थिए ।
प्रस्तोताले जनताको प्रश्न सोध्दा जिम्मेवार व्यक्तिले सहज रुपमा लिन नसकेको प्रतिकृया आएका छन् । कतिपयले भने प्रश्नकर्ताको शैली ठिक नभएको बताईरहेका छन् । यसबारेमा आफ्नो प्रतिकृया दिँदै पुर्व पत्रकार तथा २५ प्लस समुहका अभियान्ता अनिल योगीले प्रश्नकर्ताको बचाउ गरेका छन् ।
जनताको चासोसँग जोडिएका बारेमा आएका प्रश्नको जवाफ उपप्रधानमन्त्रीले सहज रुपमा लिएर प्रष्ट पार्नुपर्नेमा योगीले जोड दिएका छन् । योगीले उपप्रधानमन्त्रीको शैली तानशाहको जस्तो देखिएको पनि आरोप लगाए । उनले प्रश्नकर्ताले समेत शब्द चयनमा ध्यान दिन नसकेको भन्दै सच्चिनुपर्नेमा जोड दिएका छन् ।

