१४३ जना यात्रु बोकेको विमान नदीमा खस्यो

अ+
अ
अ-

काठमाडौँ । अमेरिकामा १४३ यात्रु बोकेको विमान नदीमा खसेको छ । अमेरिकाको फ्लोरिडामा १४३ यात्रु बोकेको बोइंग ७३७ विमान नदीमा खसेको बीबीसीले जनाएको छ । विमानबाट यात्रुलाई उद्धार गरिएकाहरुलाई अस्पताल लगिएको छ । सबैजना सुरक्षित रहेको बताइएको छ । २० जनालाई सामान्य चोट लागेको बीबीसीले उल्लेख गरेको छ ।नदीमा पानी कम भएका कारण विमान डुब्न पाएन । त्यसैले मानवीय क्षति नभएको बताइएको छ