गोसाइँकुण्डमा भक्तजन आउने क्रममा वृद्धि

अ+
अ
अ-

गर्मीयाम शुरु भएलगत्तै पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड जाने यात्रुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्डमा परेको हिउँ विस्तारै पग्लिन थालेपछि भक्तजन स्नान र पूजाआजाका लागि आउन थालेको हुन् ।

पवित्र तीर्थ गोसाइँकुण्डको दहमा जमेको अधिकांश हिउँसमेत पानीमा परिणत हुँदै जाँदा धार्मिक विधिपूर्वक डुबुल्की मार्न सक्ने वातावरण सिर्जना भएको, धार्मिक मार्गमा खाने, बस्ने सबै होटल तथा लज सञ्चालनमा आइसकेको चन्दनबारीका होटल व्यवसायी पासाङ घिर्मी तामाङले जानकारी दिनुभयो ।