२ महिना अघि विवाह गरेकी मनिषा आफ्नै ओछ्यानमा मृत भेटिइन्

अ+
अ
अ-

सिरहा। सिरहामा एक महिला शुक्रबार बिहान आफ्नै ओछ्यानमा मृत फेला परेकी छन् । सिरहा नगरपालिका–१४ खिरौनामा शुक्रबार बिहान २१ वर्षीया मनिषाकुमारी मण्डल आफ्नै ओछ्यानमा मृतावस्थामा भेटिएकी प्रहरीले जनाएको छ । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मनिषाको हत्या हो वा आत्महत्या त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यता मनिषा मृत भेटिनुको कारण प्रहरीले पत्ता लगाइनसकेको अवस्थामा स्थानीयवासीले घरपरिवारकै सदस्यबाट मनिषाको हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।गएको फागुन १७ गते रामेश मण्डलसँग मनिषाको विवाह भएको थियो ।

विहेका बेला दिएको दाइजो कम भएको भन्दै सासु तारा मण्डलले मनिषालाई पटक–पटक शारीरिक यातना तथा कुटपिट गर्दै आएको माइतीपक्षको आरोप छ ।