बेलबारी जंगलमा विभत्स अवस्थामा कुमारको शव फेला, घरबाट सम्पर्कबिहीन भएको १७ दिन पछाडि भेटियो शब

अ+
अ
अ-

मोरङ सामुदायिक वनभित्र विभत्स अवस्थामा पूरुषको शव भेटिएको छ । शव भेटिनेमा कुमार खड्का रहेका छन् । मोरङको बेलवारी नगरपालिका– १० भाउन्नेस्थित सिंहदेवी सामुदायिक वनभित्र विभत्स अवस्थामा बिहीबार राति अनुहार चिन्न नसकिने अवस्थामा भेटिएको शव ५१ वर्षीय कुमार खड्काको भएको प्रहरीले बताएको छ । घरबाट सम्पर्कबिहीन भएको १७ दिन पछाडि उनको शव जंगलमा विभत्स अवस्थामा भेटिएको हो ।

गत बैशाख २ गतेबाट सम्पर्क बिहीन भएका स्थानीय खड्का बिहीबार साँझ मृत अवस्थामा फेला परेका हुन् । घोप्टो परेको अवस्थामा भेटिएको शव सडेर वरपर दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतक खड्काको साथमा २ वटा विषादीका बट्टा र केही पैसा फेला परेको छ ।

गत वैशाख २ गते छेरासँग विवाद गरेर घरबाट निस्किएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शवलाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरेको छ ।