सगरमाथा आरोहण गर्ने पहिलो ओमानी नागरिक खालिद अल शियाबीको ४६ वर्षको उमेरमा निधन

अ+
अ
अ-

यूएई -सगरमाथाको सफल आरोहण गर्ने पहिलो ओमानी पर्वतारोही खालिद अल शियाबीको निधन भएको छ । शियाबीले सन् २०१० को मे २३ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।शियाबीको ४६ वर्षको उमेरमा गएको आइतबार हृदयघातका कारण निधन भएको हो ।

शियाबीको मृत्युका कारण ओमान र नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षति भएको ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले बताएकी छन् ।शियाबीको ४६ वर्षको उमेरमा गएको आइतबार हृदयघातका कारण ज्यान गएको ओमान अबसर्भरले जनाएको छ । शियाबीले सन् २०१० को मे २३ मा सगरमाथा चढ्नु भएको हो ।