अ+
अ
अ-
मोरङ / मोरङको बेलबारी नगरपालिका–३ सिम्पाने चोकका दुई युवा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले बेलबारी–३ का २१ वर्षीय मनोजप्रसाद राई र २२ वर्षीय रन्जित तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट ६ ग्राम खैरो हेरोइन, त्यसको सेवनमा प्रयोग गरिने सामग्री र चारवटा मोबाइल बरामद गरेको छ । दुवै जना विरुद्ध प्रहरीले बिहीबार लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ ।


