अमेरिकी विश्वविद्यालयमा गोली चल्दा २ को मृत्यु, २ को अबस्था गम्भीर

अ+
अ
अ-

वासिङ्टन डिसी, अमेरिका । संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लोट क्याम्पसमा गोली प्रहार हुँदा २ जनाको ज्यान गएको छ। गोली प्रहारमा अरु केही घाइते भएको बताइएको छ।अमेरिकी समय अनुसार मङ्गलबार साँझ ७ बजेभन्दा केही समय अघि मात्रै यस्तो गोली प्रहारको घटना भएको थियो। मङ्गलबार यस शैक्षिक सत्रको अन्तिम दिन थियो ।

त्यस दिन कलेज समापन गरी घर फर्किने तयारी गरिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार भएको बताइएको छ।विद्यार्थीहरु बिदा हुने बेलामा अकस्मात उक्त क्याम्पसको इमर्जेन्सी सेवाबाट लुक्नु, भाग्नु, सुरक्षित हुनु भनी माइकिङ शुरु भएको थियो।त्यसपछि कलेज परिसरमा भागाभाग भएको थियो। गोलीकाण्डमा दुई जनाको ज्यान गएको र अरु चार जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जनाएको छ।