धुपको बट्टामा राखेर लागुऔषध ओसारपसार , ठूलो परिणामको लागुऔषधसहित महिला पक्राउ

अ+
अ
अ-

विराटनगर / भारतबाट नेपालतर्फ लागुऔषध ओसारपसारमा संलग्नहरुले नयाँ जुक्ती लगाउन थालेको पाइएको छ । पूजा गर्दा प्रयोग हुने धूपको बट्टामा समेत राखेर लागुऔषध ओसारपसार हुन थालेको हो । त्यस्तो बट्टामा राखेर ल्याउँदा सुरक्षाकर्मीले पनि खासै चेकजाँच र वास्ता नगर्ने भएपछि ओसारपसारमा संलग्नले नयाँ उपाय लगाउन थालेको प्रहरीको भनाइ छ । नयाँ–नयाँ उपाय लगाएर कानुनद्धारा बर्जित लागुऔषध ओसारपसार हुन थालेपछि नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र सशस्त्र प्रहरीले निगरानी बढाउँदै कडाई थालिएको जनाएको छ ।

धूपको बट्टामा प्याक गरेपछि झोलामा राखेर लागुऔषध लिएर भारतबाट आउँदै गर्दा विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट बुधबार दिउँसो इटहरीकी एक महिला पक्राउ परेकी छन् । भारतबाट झोलामा राखेर लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ३६ वर्षीय सपना सिंहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) को टोलीले पक्राउ गरेको हो ।