नवलपरासीमा दिल्लीबाट आएको बसमा एक्कासी आगलागी, एक घण्टा पछि आगो नियन्त्रणमा

अ+
अ
अ-

नवलपरासी-नवलपरासीमा दिल्लीबाट आएको बसमा आगलागी भएको छ ।पूर्वी र पश्चिम नवलपरासीको सिमाना पर्ने दाउन्ने बजारमा बुधबार साँझ बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट बस जलेर पूर्ण नष्ट भएको छ ।

नवलपुर प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन । इन्जिन तातेर एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । करिब एक घण्टा लगाएर आगो नियन्त्रणमा आएको थियो ।भारतको दिल्लीबाट नेपालको काठमाडौं आउँदै गरेको युपी ६५ जि टी ००१ नम्बरको बसमा आगलागी भएको हो ।