भारतको महाराष्ट्रमा नक्सलवादीले गरेको आक्रमणमा परी १५ सुरक्षाकर्मीको ज्यान गयो, अहिलेपनि नक्सलवादी र सुरक्षाकर्मीबीच भिडन्त जारी

अ+
अ
अ-

एजेन्सी-भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १५ जना प्रहरीको मृत्यु भएको छ । प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले आईडी बम विस्फोट गराएपछि १५ जना प्रहरीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

समाचार अनुसार अहिले पनि त्यस क्षेत्रमा नक्सलवादी र सुरक्षाकर्मीबीच भिडन्त जारी रहेको छ । केही समयअघि मात्रै महाराष्ट्रका विभिन्न ठाउँमा माओवादीहरुले तीन दर्जनभन्दा बढी गाडी जलाएका थिए ।