समाचार

दलित समुदायद्घारा २ सय झुल बितरण

पथरी / पथरीशनिश्चरे नगरपालिका वडा नं. १० का दलित र आदिवासी तथा जनजातीले २ सय पिस झुल बितरण गरेका छन । पथरीशनिश्चरे नगरपालिकाले नगरमा रहेका दलित, आदिवासी तथा जनजातिको लागि बिनियोजन गरेको ४०र४० हजारले वडामा रहेका आदिबासी तथा दलितका बिपन्न बर्गको लागि झुल बितरण गरेको हो ।
नगरले सानो रकम उपलब्ध गराए पनि स्थानिय ब्यापारीबाट २५ हजार रकम संकलन गरि २ सय घर घुरीलाई झुल बितरण गरेको उर्मिला बराईलीले बताउनु भयो । वडा बिपन्न बर्गका धेरै जनसमुदाय रहेकोले ब्यावसायी विष्णु घिमिरे (बिजी हाउस) र कावील कन्ट्रसनको १०र१० हजार सहयोग र वडाध्यक्ष सागर राईले ५ हजार सहयोग गरे पछि २ सय घर धुरीलाई झुल बितरण गर्न हो ।
झुल बितरण कार्यक्रमकि प्रमुख अतिथी यमुना बिष्ट बास्तोलाले झुल बितरण गर्दै बिपन्न बर्गलाई झुटाएको रकमबाट उक्त समुदायले उदारीकरण कार्य गरेको बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *