बिचार/ब्लग
पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल
सूर्यशौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्त ऋतुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख २८ गते शनिबार नेपाल सम्बत ११३९ वछलाथ्व तदनुसार सन् २०१९ मे ११ तारिक शुक्लपक्ष सप्तमी तिथि साँझ ७ वजेर १५ मिनेटसम्म उप्रान्त अष्टमी तिथि,तिष्य नक्षत्र अपरान्ह १ वजेर ६ मिनेटसम्म उप्रान्त अश्लेषा नक्षत्र,गण्डयोग,गरकरण,आनन्दादियोग मित्र,सूर्य मेष राशीमा,चन्द्रमा कर्कट राशीमा ।
शुभ अशुभ मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३४मिनेटबाट मध्यान्ह १२वजेर २७ वजेसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–विहान ५वजेर २० वजेबाट ७ वजेसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ८वजेर ४० वजेबाट १०वजेर २० वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह १वजेर ४१ वजेबाट ३वजेर २१ वजेसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ७वजेर ६ वजेबाट ७वजेर ५९ वजेसम्म रहनेछ ।
शुभ अशुभ दिनबार वेला
सूर्योदयबाट प्रातः ७ वजेसम्म काल वेला,७वजेबाट ८वजेर ४०मिनेटसम्म शुभ वेला,८वजेर ४०मिनेटबाट १०वजेर २०मिनेटसम्म रोग वेला,१०वजेर २०मिनेटबाट १२वजेर१मिनेटसम्म उद्वेग वेला,१२वजेर१मिनेटबाट १वजेर ४१मिनेटसम्म चर वेला,१वजेर ४१मिनेटबाट ३वजेर २१मिनेटसम्म लाभ वेला,३वजेर २१मिनेटबाट ५वजेर २मिनेटसम्म अमृत वेला र ५वजेर २मिनेटबाट सूर्यास्तसम्म काल वेला रहनेछ ।
शुभ अशुभ रात्री बार वेला
सूर्यास्तबाट ८वजेर१मिनेटसम्म लाभ वेला,८वजेर१ मिनेटबाट ९वजेर २१मिनेटसम्म उद्वेग वेला,९वजेर २१मिनेटबाट १०वजेर ४१मिनेटसम्म शुभ वेला,१०वजेर ४१मिनेटबाट १२ वजेसम्म अमृत वेला,१२ वजेबाट १वजेर २०मिनेटसम्म चर वेला,१वजेर २० मिनेटबाट २वजेर ४०मिनेटसम्म रोग वेला,२वजेर ४०मिनेटबाट ४ वजेसम्म काल र ४ वजेबाट सूर्योदयसम्म लाभ वेला रहनेछ ।
शुभ अशुभ राशीफल
मेषः–सानो हेलचक्र्याईले ठुलो दुःख पाईनेछ । आकस्मिक खर्च वृद्धिले कार्य क्षेत्रमा असर पु¥याउनेछ । व्यवहारिक सहयोग गर्ने कोहि हुने छैनन । अरुको काम गरेर जश मिल्ने छैन । पारिवारिक समस्या बढ्नेछन् । काममा अवरोध आउने देखिन्छ । व्यापारबाट आम्दानी घट्नेछ । आफन्तबाट विश्वासघात हुन सक्छ । धन सम्पति चोरी हुनसक्छ ।
वृषः– समयले साथ दिनेछ । आफ्नै बाहुबलबाट अधिकाँश काम सम्पादन हुनेछन् । अरुको बोलीको विश्वासमा केहि नगर्नु होला पछि धोका दिन सक्छन् । रोकिएका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । मुद्धा मामिलामा जीत हुनेछ । राजनीति तथा नोकरीमा कम सफलता मिल्नेछ ।
मिथुनः–अरु सँग धेरै घुलमिल नगर्नु होला,तपाईको कमजोरीको फाइदा अरुले उठाउने छन् । आफ्नै ज्ञान,बुद्धि र शिपको प्रयोग गरेर काम गर्नु होला । समयको महत्व बुझ्न सकिएन भने धेरै अवसर गुमाउनु पर्नेछ, ध्यान दिनुहोला । आर्थिक कारोवारमा नियन्त्रण गर्नु पर्र्ने देखिन्छ । प्रयत्नहरु सफल हुनेछ । शब्द नफुत्काउनु होला घाटा हुनेछ ।
कर्कटः–दृष्ढ निश्चयका साथ काममा लाग्नुहोला । खर्चमा नियन्त्रण आउनेछ । महिलाका कारण काममा अप्ठ्यारो पर्न सक्छ चनाखो रहनुहोला । लगनशिल भई गरेका काम सफल हुनेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । स्वतन्त्रण प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । झमेलाबाट मुक्ति भने मिल्ने छैन ।
सिंहः– महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला क्षति धेरै बेहोर्नु पर्नेछ । घमण्डले आफैलाई घाटा हुनेछ । सहयोग गर्ने कोहि हुने छैन,मिठा र चिल्ला कुराको पछि नदौडिनु होला दुःख पाईनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । नोकरी तथा राजनीतिमा असफलता मिल्नेछ । आम्दानीको तुलनामा खर्च बढि हुनेछ ।
कन्याः– आश्वासनका भरमा मात्रै काम नगर्नु होला । मान्यजनको आशिर्वाद लिएर काम गर्नु होला । आफुमा भएको ज्ञान र शिपको सदुपयोग गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । आकस्मिक धन हात पर्ने योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्जनलाई वचत गर्न गाह्रो हुनसक्छ । राजनैतिक चासो लिएर कुनै फाइदा छैन ।
तुलाः– समस्याबाट टाढा नभागि काम गर्नु होला सफल हुनुहुनेछ । हतारमा गरेका निर्णय गलत हुनेहुदा सोच विचार अगाडि बढ्नु होला । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुनेछ । तपाईलाई सहयोग गर्ने भन्दा सहयोग माग्ने बढि हुनेछन् ।
वृश्चिकः– काममा देखिएका समस्या कम हुनेछन् । भाग्यले थोरै साथ दिदा केहि सहजता महशुस हुनेछ । आफ्नो काम छोडेर अरुको कामतिर नलाग्नु होला आफैलाई घाटा हुनेछ । शैक्षिक गतिविधि अगाडि बढ्ने छन् । पारिवारिक खर्च नियन्त्रण गरेर काम गर्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ ।
धनुः– सचेत भएर अगाडि बढ्नु होला कुनै पनि समस्या काबु भन्दा बहिर जाने सम्भावना धेरै देखिन्छ । मानसिक तनाव बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक संरचनालाई नचलाउनु होला गडबढ हुनसक्छ । अरुको कुरा सुनेर काम गर्नु भयो अथवा लगानी गर्नु भयो भने डुब्नु हुनेछ ।
मकरः– विवादित काममा हात नहाल्नु होला । उधारो छोडेर नगदमा काम गर्नु होला नत्र पछि समस्या पर्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । साझेदारी काम त्यति सफल देखिन्न । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोमा केहि काम हुनेछन् । वैदेशिक काममा थोरै सफलता मिल्नेछ ।
कुम्भः– काममा शत्रुको बक्रदृष्टि पर्नेछ सचेत भएर आगाडि बढ्नु होला । सवैलाई आफ्नो ठानेर काम गर्ने अवस्था रहने छैन । संघर्ष विना कहि कतै केहि हुने छैन । मेहनतको अन्तिम परिणाम भने सुखद रहनेछ । मुद्धा मामिला जीत हुनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । नयाँ कामको अभ्यास हुनेछ ।
मिनः–तयारी विनाको काम अधुरा यात्रा हुनेछ । लाभ लिनलाई लगनशिलता बढाउनु पर्नेछ । दुविधामा परेर कुनै काम नगर्नु होला । बाह्य कुरामा बढि ध्यान नदिनु होला पछि परिनेछ । शैक्षिक र न्याय मार्ग कमजोर देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । सहयोग गर्ने मन भएका कमै भेटिने छन् । कुटनैतिक विधि अप्नाएर काम गर्नु होला ।
