समाचार
खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ
मोरङ / मोरङको धनपालथान गाउँपालिका-३ बेतौनीबाट प्रहरीले बिहीवार प्रतिबन्धित लागूऔषध खैरो हेरोईन सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । राती पौने १२ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको DL 7 CM 0176 नम्बरको स्कारपियो गाडीबाट १ सय २५ ग्राम लागूऔषध खैरो हेरोईन बरामद गरेको हो । लागूऔषध सहित गाडी चालक भारत कुसाकट्टा-१५ पडरिया बस्ने वर्ष २८ को सन्तोष मण्डल र गाडीमा सवार रहेका वर्ष २४ को कमरूल खाँनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र अस्थायी प्रहरी चौकी बेतौनीबाट खटिएको टोलीले पक्राउ गरेको हो । बरामद लागूऔषध र गाडीलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


