समाचार
गोकर्ण विष्टले मन्त्री भएपछि केके काम गरे र अब के गर्दैछन् ? [अन्तरवार्ता]

-गोकर्ण विष्ट, मन्त्री, श्रम रोजगार तथ सामाजिक सुरक्षा
अहिलेको सरकारमा भएका करिब दुई दर्जन मन्त्रीहरुमध्ये केही मन्त्रीहरुले निकै राम्रा काम गर्ने अपेक्षा जनताले गरेका छन् । तर सरकार गठन भएको यो ५ महिनाको अवधिमा देखिने गरी कुनै पनि काम हुन सकेको छैन । आशा गरिएकामध्येका एक मन्त्री हुन्, गोकर्ण विष्ट । श्रम रोजगार तथ सामाजिक सुरक्षा
मन्त्री विष्टलाई जनताले राम्रा छवी भएका व्यक्तिका रुपमा लिन्छन् । उनै विष्टले मन्त्री भएपछि अहिलेसम्म केके काम गरे र अब के गर्दैछन् ? ऋषि धमलाले विष्टसँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा भएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
तपाई मन्त्री भइसकेपछि केके काम गर्नुभयो ?
हामीले पर्याप्त काम सुरु गरेका छौँ । नेपालको इतिहासमा पहिलोपटक रोजगारसम्बन्धी कानुन निर्माण गरिदैछ । त्यो कानुनले हरेक नेपालीलाई रोजगारी दिनेछ । नेपाली जनताको शीर माथि उठाउने गरी काम भइरहेको छ । अबको एक वर्षभित्र ठूलो जनसंख्यालाई सेवा पुर्याउने गरी सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात गर्दैछौँ ।
नेपालमा वालश्रम शोषण हुने गरेको छ । यससम्बन्धमा के गर्दैहुनुहुन्छ ?
नेपाल विकासको हिसाबले प्रारम्भिक चरणमा छ । जब विकास निर्माणका काम सुरु हन्छ, तब लाखौँ युवाहरुले रोजगारी पाउँछन् । रोजगार नागरिकको संख्या बढेसँगै बालबालिकाले काम गर्नुपर्ने बाध्यता कम हुँदै जान्छ । हरेक नेपालीले दुनियाँको जुनसुकै देश वा स्थानमा जाँदा पनि गौरव महसुस गर्ने गरी नेपालीको जीवन माथ उकास्न चाहन्छाँै ।
