समाचार
यस्तो छ आजको सुनको भाउ, किन्ने होइन ?
काठमाडौं– बुधबार छापावाल सुनको भाउ तोलामा २०० ले बढेको छ ।नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाए अनुसार आज तोलामा दुई सयले बढेर ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।
सुनको मूल्य मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भइरहेको छ । बुधबार तेजावी सुनको भाउ ५९ हजार ४०० मा कारोबार भइरहेको । त्यस्तै आज चाँदीको मूल्य पनि रु ५ ले बढेको छ ।चाँदी पनि बुधबार रु ५ ले बढेर तोलामा ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

