समाचार
नवलपरासीमा लोकल कुखुरामा पनि बर्डफ्लु भेटिएपछि १२ घरका पंक्षी नष्ट
नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरमा लोकल कुखुरामा पनि बर्डफ्लु भेटिएको छ ।नन्दपुरका पिताम्बर महतोको घरमा बर्डफ्लु भेटिएपछि कुखुरा नष्ट गरिएको छ ।

महतोको घर र उनको घर नजिक रहेका १२ घरमा रहेका १ सय ८१ वटा हाँस, ६५ वटा स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली नष्ट गरि खाडल खनेर पुरिएको बताइएको छ ।
महतोको घरका कुखुरा धमाधम मर्न थालेपछि उनले परीक्षणका लागि कुखुरा चितवनको राष्ट्रिय पंक्षी ल्याबमा लगेका थिए । त्यहाँ बर्डफ्लु भएको पुष्टि भएपछि कुखुरा नष्ट गरिएको हो । बर्डफ्लुका कारण नेपालमै पहिलो पटक काभ्रेका एक युवकको मृत्युसमेत भएको छ ।



