समाचार

गठबंधनलाई सहयोग गर्न नेकपा एस काभ्रेको, निर्वाचन परिचालन कमिटीलाई निर्देशन

बनेपा,

नेकपा एकीकृत समाजवादीका काभ्रे इन्चार्ज तथा मण्डन देउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबाले कार्यकर्तालाई निर्वाचनमा होमिन विषेश अनुरोध गर्नुभएको छ।

नेकपा एकीकृत समाजवादीको जिल्ला पार्टी कार्यालयमा भएको जिल्ला निर्वाचन परिचालन कमिटीको बैठकमा नेता वाईवाले निर्वाचन लक्षित निर्देशन दिनुभएको हो।

उहाँले भन्नुभयो ” जनताको संविधान, लोकतन्त्र र न्यायको पक्षमा लाग्न गठबन्धनको आवश्यकता र महसुस गरिएको हो। त्यसको मर्मलाई ध्यान दिएर गठबन्धनलाई सहयोग गर्नु हाम्रो पार्टीको कर्तव्य हो।

यस्तै पार्टी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईंले केन्द्रबाट भएको निर्देशन पालन गरि काम गर्न सबै जिल्ला कमिटी सदस्य,पालिका कमिटी र वडा कमिटीका जनवर्गीय संगठन र भातृसंगठनहरुलाई आग्रह गर्नुभएको छ।

गठबन्धनबाट हामीले प्रत्यक्ष तर्फ एउटा सिट प्राप्त गरेका छौ भन्दै तर समानुपातिकमा धेरै भन्दा धेरै मत प्राप्त गरेर उमेद्वारलाई जिताउन विषेश अनुरोध गर्नुभएको छ।

जिल्लामा चुनावी गतिविधि अगाडि बढिसकेको छ,अबका केही दिनमा सबै नेता कार्यकर्ताहरु आफ्नो भुगोलमा पुगेर गठबंधनको चुनावी गतिविधिलाई सहयोग गर्नुहोला – उहाँले भन्नुभयो।

यस्तै जिल्ला कमिटी सचिव गोकुल गौतमले जिल्ला निर्वाचन परिचालन कमिटी गठन भएको पनि जानकारी दिनुभयो। उहाँले परिचालन कमिटीको काम , कर्तव्य र अधिकारको बारेमा स्पष्ट पार्नुभएको थियो।

साथै नेताहरुले समानुपातिक निर्वाचनमा जिल्लामा पार्टीको तर्फबाट सात जना उम्मेदवार भएकाले कलम चिन्हमा भोट माग्न र समानुपातिक उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो छ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *