समाचार
घरबाटै अढाई बर्षिय बालक बेपत्ता !
धनुषाको ढल्केवरमा एक बालक घरबाट बेपत्ता भएको छ ।धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवरबाट एक अढाई बर्षिय बालक घरबाटै बेपत्ता भएको हो । स्थानीय शम्भुसाहको छोरा आर्यन साह सोमबार साँझ करिब ५ः०० बजेबाट बेपत्ता भएको परि वारजनले जनाएको छ । बेपत्ता बालकले हरियो रङ्गको सर्ट लगाएका हुुुन् । खेल्दै गरेको अवस्थामा घरमै छोडेर नजिकैको धारामा पानी भर्न गएको बेला बालक बेपत्ता भएको जनाउँदै पानी लिएर आउँदा घरमा बच्चा नदेखेपछि छरछिमेकका घरमा खोज्दै प्रहरीमा समेत जानकारी गराएको जनाइएको छ ।

बच्चा बेपत्ता भए लगतै ढल्केवर ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराइएको छ भने खेतबारीमा जान सक्ने अनुमान गद सयौंको संख्यामा गाउँलेहरु राति ९ बजेसम्म खेतबारीमा खोजी गरेका छन् । यता प्रहरीटोली पनि सक्रियताका साथ खोजी कार्यमा रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


